उपराष्ट्रपति यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङको भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले प्रदेशप्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र सङ्घबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याए ।
प्रदेश प्रमुख खापुङले सङ्घीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी दिए।
सांसद रञ्जु दर्शनाले नवनिर्वाचित सांसदलाई तालिम दिनका लागि बजेट छुट्याउन माग
औषधि दुरुपयोग रोक्न तीन समूहका औषधिमा कडाइ
नेपाल-यूएई उच्चस्तरीय भेट: भिसा प्रक्रिया सहज पार्न छलफल
गृहमन्त्रीले माइतीघर पुगेर भने- पीडितको माग सम्बोधन गर्छु
नक्कली सिँचाइ कार्यालय खोलेर ठगी, एक दम्पती पक्राउ
नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु
प्रतिक्रिया