ठूला वित्तीय अपराधी समातिने भएपछि प्रधानमन्त्रीज्यू र ममाथि नियोजित नियोजित आक्रमण: अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय अपराधको अनुसन्धान अन्तिम चरणमा पुगेका बेला सरकार र मुख्य नेतृत्वमाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण सुरु भएको दाबी गर्नुभएको छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र आफूमाथि भइरहेका चौतर्फी प्रहारहरू वित्तीय अनियमिततामा संलग्न स्वार्थ समूहको योजनाबद्ध खेल भएको आरोप लगाउनुभयो।
बजेट वक्तव्यका दरहरू परिमार्जनमा नीतिगत चलखेल भएको भन्दै संसद् र सञ्चारमाध्यममा आएका आलोचनाहरूको खण्डन गर्दै उहाँले यो सबै अनुसन्धानबाट अत्तालिएका माफियाहरूको छटपटी भएको स्पष्ट पार्नुभयो।
अर्थमन्त्री डा. वाग्लेले आफ्नो धारणा स्पष्ट राख्दै भन्नुभयो:"प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घे'राब'न्दी र आ'क्रमण भइरहेको छ । नेपाली इतिहासकै ठूलो वित्तीय अ'परा'धमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो विषय अदालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित-पोषित तत्वहरूबाट प्रधानमन्त्री र ममाथि आ'क्रम'ण भइरहेको मलाई शंका लागेको छ ।"
पछिल्लो समय बजेट वक्तव्यको पाठ र भन्सार महसुल दर परिमार्जनलाई जोडेर विपक्षी दलहरूले उठाएका प्रश्न र राजीनामाको मागप्रति संकेत गर्दै उहाँले यसलाई संगठित अफवाहको संज्ञा दिनुभएको छ। ४६० पानाको बजेट दस्ताबेजबाट एउटा पूर्णविराम वा थोप्लो पनि यताउता नपारिएको भन्दै उहाँले राजनैतिक रूपमा आफूहरूलाई घेर्न खोज्ने तत्वहरू वित्तीय अपराधीहरूबाटै पालित-पोषित भएको दाबी गर्नुभयो।
प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड
अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन: भीष्मराज आङदेम्बे
प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले भने- सीमासम्बन्धी अभिव्यक्ति 'क्रस बोर्डर अ…
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री…
बालेनको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीको स्पष्टीकरण
रविको पहलमा खुल्यो संसद्, हर्क साम्पाङले मानेनन्
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रलाई अहिलेसम्मकै उत्कृष्ट रेटिङ
प्रतिक्रिया