करका दर हेरफेर गर्नु राजद्रोहसरह हो : निस्कल राई
नेपाली कांग्रेसका सांसद निस्कल राईले करको दर हेरफेर गर्नु गैरकानुनी मात्र नभई राजद्रोहसरह भएको बताएका छन्। बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यसलाई अर्थमन्त्रीको अक्षम्य गल्ती भन्दै छानबिन हुनुपर्ने बताएका हुन्।
‘अर्थमन्त्रीज्यूले करका दरमा बारम्बार हेरफेर गर्नुभयो। उहाँले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो कि वा आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो कि?,’ उनले प्रश्न गरे, ‘सदनमा पेस भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ?’
कुनै पनि विधेयक सदनमा पेस भइसकेपछि त्यो संसदको सम्पत्तिको रूपमा रहने व्यवस्था भएकाले सरकारले आफूखुसी बदल्न वा सच्याउन नपाइने उनको भनाइ छ।
‘यो अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र?,’ उनले भने, ‘उहाँ (अर्थमन्त्री) को यो कार्य विधि निर्माणको सिद्धान्तविपरीत मात्र होइन, संसदको अनुमतिबिना कर ल्याउन नपाउने मान्यताको विपरीत पनि छ। यसको छानबिन हुनुपर्छ।’
नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
उपराष्ट्रपति यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङको भेट
यमनको सैन्य शिविरमा विस्फोट, १२ जना सैनिकको मृत्यु
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
विश्वकप प्रिभ्यु : यी हुन् यसपटकको विश्वकपमा बाहिरिनुपरेका उत्कृष्ट प्लेइङ ११
एमालेको प्रश्न- प्रधानमन्त्रीले भारतको जमिन मिचेका छौँ भन्दा ताली पिट्ने सांसद …
भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले झुटो बोल्नुभयो: ज्ञानबहादुर शाही
प्रतिक्रिया