रास्वपाकी शरिन कोसी सभापतीमा हार्ने निश्चित, गरिन् राजनीतिक संन्यासको घोषणा
काठमाण्डु– रास्वपा कोसी प्रदेश सभाको सभापति पदमा निर्वाचन लडेकी गोमा तामाङ (शरिन) ले राजनीतिक संन्यास घोषणा गरेकी छन्।
कोसी प्रदेश सभापति निर्वाचनमा पराजित हुने भएपछि कार्यवाहक अध्यक्ष तामाङले सामाजिक सञ्जालमार्फत् राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन्।
उनले चन्द्र राईसँग हार निश्चित भएपछि आजैबाट राजनीतिक बिट मारेको घोषणा गरेकी छन् । उनले मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेकी छन् । प्रदेश कार्यवाहक सभापति सरीन रास्वपाकी संस्थापक नेतृ हुन् ।
तामाङ रास्वपा उम्मेदवारका रूपमा सुनसरी १ बाट दुईपटक प्रतिनिधिसभा निर्वाचन लडिसकेकी नेतृ हुन्।
गत फागुनमा भएको निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसँग झण्डै १० हजार मतले हारेकी थिइन् ।
‘मृत्यु भइसकेकाको पनि सम्पत्ति छानबिन हुन्छ’ : आयोग अध्यक्षको चेतावनी
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण
भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद
बागलुङ नगरपालिकाले भन्यो : १५ दिनभित्र संरचना हटाउ
करका दर हेरफेरबारे प्रतिनिधिसभामा प्रश्न
मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी
प्रतिक्रिया