नक्कली सिँचाइ कार्यालय खोलेर ठगी, एक दम्पती पक्राउ
बर्दियामा नक्कली सिँचाइ कार्यालय खोलेर ठगी गरेको भन्दै प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका-३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङ लमही नगरपालिका-५ की २३ वर्षीया कृपा चौधरी रहेको प्रहरीले जनाएको छ।
उनीहरूले ठाकुरबाबा नगरपालिका-३, बगनाह बजारमा एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नाममा नक्कली कार्यालय खोलेका थिए।
सो कार्यालयमार्फत् कर्मचारी नियुक्ति तथा मजदुरी काममा लगाइदिने प्रलोभन देखाई कामदारहरूलाई ज्याला नदिने, घरधनीलाई घरभाडा भुक्तानी नगर्ने तथा सरकारी कागजात र छाप नक्कली रूपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैमाथि लिखत सम्बन्धी कसुर तथा ठगी मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको छ।
सम्पत्ति छानबिन आयोगमा दैनिक एक हजार बढीले सम्पत्ति विवरण बुझाउने गरेको पाइए
राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका गरेका यी हुन् चार निर्णय
विपद् व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखियाे : गृहमन्त्री गुरुङ
जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्
सांसद रञ्जु दर्शनाले नवनिर्वाचित सांसदलाई तालिम दिनका लागि बजेट छुट्याउन माग
औषधि दुरुपयोग रोक्न तीन समूहका औषधिमा कडाइ
नेपाल-यूएई उच्चस्तरीय भेट: भिसा प्रक्रिया सहज पार्न छलफल
प्रतिक्रिया