इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
बहराइनले इरानी सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स’ (आईजीआरसी) का लागि काम गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । इरानको राजधानी तेहरानले बहराइन र छिमेकी राष्ट्र कुवेतमा आक्रमण गरेको केही घण्टापछि बहराइनले यी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।
बहराइनको गृह मन्त्रालयले कथित इरानी ‘सेल’ सँग जोडिएका अन्य व्यक्तिहरूको पहिचान गर्न विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ । गत फेब्रुअरीको अन्त्यदेखि इरानले बहराइनमाथि आक्रमण सुरु गरेयता त्यहाँ सुरक्षा कारबाही तीव्र पारिएको छ । यस अवधिमा तेहरानसँग मिलेमतो गरेको अभियोगमा दर्जनौँ व्यक्तिहरू पक्राउ परिसकेका छन् ।
यसअघि गत महिना मात्रै बहराइनले आईजीआरसीसँगको सहयोगमा ‘शत्रुतापूर्ण र आतंकवादी कार्य’ गरेको ठहर गर्दै नौ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै, अप्रिल महिनामा इरानी आक्रमणलाई समर्थन गरेको आरोपमा ६९ जनाको नागरिकता समेत खारेज गरिएको थियो ।
बहराइनमा ठुलो सङ्ख्यामा शिया समुदायको बसोबास रहेको छ । उनीहरूले लामो समयदेखि सरकारले आफूहरूलाई राजनीतिक र आर्थिक रूपमा सीमान्तकृत गरेको आरोप लगाउँदै आएका छन् । यद्यपि, बहराइन सरकारले शिया नागरिकहरूमाथि कुनै भेदभाव नगरेको दाबी गर्दै इरानले आफ्नो देशमा अशान्ति फैलाउन भूमिका खेलिरहेको आरोप लगाउँदै आएको छ ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया