एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
काठमाण्डु– प्रतिनिधिसभा बैठकमा एमाले सांसद यशोदा कुमारी बराल बोल्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् आशिका तामाङले आपत्ति जनाएकी छन् ।
बरालले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशलाई उपेक्षा गरेको आरोप लगाइन् । ३५ वर्षसम्म पुराना दलले मुलुक बिगारेको भन्दै रास्वपा सांसदहरुको आरोप स्वीकार्य नरहेको बरालको भनाइ थियो ।
‘यो सरकारले कर्णाली, सुदूरपश्चिम र मधेसलाई बेचेर तपाईंहरु सदनमा जुन ‘ब्लेम’ गर्नुहुन्छ । ३५ वर्ष पुरानाले के गरे भन्नुहुन्छ । यो विषयवस्तु नल्याउनुपर्ने हो । तर, तपाईंहरु लिफ्टबाट माथि चढ्नुभयो, हामी भर्याङबाट उक्लिन खोज्दैछौं । त्यति मात्र फरक हो, पुराना र नयाँ यहाँ कोही पनि छैनन् । म पनि नयाँ नै माननीय हुँ’ बरालले भनिन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको जमिन मिचेको भन्दा रास्वपा सांसदले ताली पड्काएको आरोप लगाइन् ।
बराल बोल्दै गर्दा तामाङले नियमापत्ति जनाइन् । सभामुख अर्यालले बराललाई बोल्न रोकेर तामाङलाई माइक दिन सचिवालयलाई निर्देशन दिए ।
तामाङले वर्तमान सरकारले कहाँ के बेचेको छ ? भन्दै बरालको भनाइमा आपत्ति जनाइन् ।
बेचेको प्रमाण पेश गर्न उनले चुनौती दिइन् । ‘उहाँले जे बेचेको भन्नुभएको छ । कहाँ बेचेको हो, त्यो उहाँले प्रमाण देखाउनुपर्यो । कसले बेच्यो ? कुन सरकारले बेच्यो ? यो सरकारले बेचेको तपाईंसँग प्रमाण छ ? के बेचेको भन्नुभएको तपाईंले ?’
आशिकाको आपत्तिपछि बरालले शिष्टाचार र सभ्यता उनीबाट सिक्नुपर्ने भन्दै व्यंग्य गरिन् ।
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
प्रतिक्रिया