मन्त्रिपरिषदको कार्यालय भन्छ : जेनजी आन्दोलनमा सवै कागजात जलेर खरानी भयो, रेकर्ड दिन सकिन्न

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत बर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा सवै कागजात जलेर खरानी बनेको तथ्य उजागर गरेको छ ।

सरकारद्वारा गठित सम्पत्ति छानविन आयोगलाई आफ्नो बिवरण बुझाउने क्रममा पूर्वमन्त्री तथा सल्लाहकार टीममा रहेका नेताहरूले बिवरण माग्दै निवेदन दिन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कागजात सवै खरानी बनेको जानकारी गराएको हो ।

रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २०४८ सालयता सार्वजनिक पद धारणा गरेका सवैलाई र सरकारी तलव खाएका स्वीकय सचिव, सल्लाहकारको सम्पत्ति बिवरण छानवन गर्न आयोग बनाएको छ । सो आयोगले बिवरण मागेपछि आफूले लिएको तलव प्रमाणिकरणका लागि दैनिकजसो प्रधानमन्त्री कार्यालयमा धाउनेको संख्या निकै बढी रहेको छ । सोही क्रममा प्रधानमन्त्री कार्यालयले ‘बिवरण उपलब्ध गराउन सकिदैन’ भन्दै फिर्ता पठाउने गरेको हो ।

‘मैले तवलको प्रमाणिकरण गरेर पत्र दिनुपर्यो भनेर मागेको थिए तर प्रधानमन्त्री कार्यालयले जेनजी आन्दोलनमा सवै कागजात जलर नष्ट भएकोले प्रमाणिकरण गर्न सकिदैन भनेर पत्र दियो,’ जनताटाइम्स डटकमसँग पूर्वप्रधानमन्त्रीका एक जना सल्लाहकारले भने । उनका अनुसार प्रधानमन्त्री कार्यालयले कार्यालयसँग कुनै पनि जानकारी नरहेको बताएको छ ।

प्रधानमन्त्री कार्यालयको गेटमै भेटिएका ती सल्लाहकारले जनताटाइम्स डटकमको जिज्ञासामा थपे, ‘यी यस्तो पत्र दियो, कागजात सवै जलेर नष्ट भएकोले कुनै तथ्यांक नभएको र प्रमाणिकारण गर्न नसकिने’ ब्यहोराको पत्र दियो । यही रेकर्ड दिन सकिदैन भन्ने पत्र बोकेर आयोगमा बिवरण बुझाउने हो ।’

भदौ २३ गते र २४ गते जनेजी आन्दोलनका नाममा घुसेर बिध्वंस मच्चाइएको थियो । सो क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, भूमि ब्यवस्था मन्त्रालयसहित सरकारी तथ्यांक रहेका सवै मन्त्रालयमा छानिछानी आगजनी र बिष्फोट गराइएको थियो ।

सो क्रममा सवै महत्वपूर्ण कागजात जलेर खरानी बनेको जानकारी स्वयं प्रधानमन्त्री कार्यालयले नै दिन थालेको हो । पूर्वमन्त्रीहरू बिगतमा आफूले दिमा रहेको तलव प्रमाणिकरण गर्न जाँदा यो तथ्य उजागर भएको हो ।