पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ ढङ्गले अघि बढ्नुपर्छ भन्ने मान्यता अनुसार पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने बताएका छन् ।
सोमबार एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेले संस्थागत रूपमै केही काम गर्न खोजेको बताए ।
‘पहिलो कुरा आम निर्वाचन २०८२ को समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अघि बढाउने भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनिधित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ’, महासचिव पोखरेलले भने, ‘तर अहिले पार्टी कुनै निष्कर्षमा पुगेको छैन ।’
महासचिव पोखरेलले नयाँ ढङ्गले अघि बढ्ने सवालमा वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम गर्नुपर्छ भन्ने पार्टीको बुझाई र आवश्यकता रहेको बताए ।
‘एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन । त्यसका लागि शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक छ’, पोखरेलले भने,‘ यी तिन वटै काम गर्न पुनर्गठनको योजना बनाउनुपर्छ त्यसका लागि बनाइएको कार्यदलले काम थालेको छ ।’
महासचिव पोखरेलले कार्यदलले पार्टी पुनर्जागरणका निम्ति काम गरिरहेकाले पार्टीमा कुनै मतमतान्तर नभएको दाबी समेत गरे । ‘यसर्थमा पार्टीभित्र कुनै प्रकारको मतमतान्तर,सहमति असहमति भन्ने कुरा भ्रमपूर्ण कुरा हुन्’, महासचिव पोखरेलले पार्टी अहिले हिँडेको बाटो संस्थागत निर्णय भन्दै उनले समस्या वा बहस छलफल जस्ता कुरा गरेर उद्वेलित गर्ने कोसिस उचित नभएको बताए
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया