कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल ले लोक सेवा आयोगको भूमिका केवल परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित नराख्न आग्रह गरेका छन् ।
लोक सेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उउनले सुशासन, विधिको शासन, सार्वजनिक प्रशासनको व्यावसायिकता र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा आयोगको योगदान अझ प्रभावकारी हुनुपर्ने बताए।
सभापति ढकालले कर्मचारी छनोटमा योग्यता र निष्पक्षतासँगै नैतिकता, सदाचारिता र इमानदारितालाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै खरिदार, नायब सुब्बा र अधिकृत तहदेखि नै यस्ता विषयको परीक्षण हुने पाठ्यक्रम समावेश गर्नुपर्नेमा जोड दिए।
सङ्घीय शासन प्रणालीसँगै आयोगको जिम्मेवारी बढेको भन्दै उनले परीक्षा प्रणालीको आधुनिकीकरण, सूचना प्रविधिको प्रयोग र पारदर्शितामार्फत आयोगको विश्वसनीयता थप सुदृढ बनाउन आवश्यक रहेको बताए ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया