केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह

नेपाल बार एसोसियसनले केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न ध्यानाकर्षण गराएको छ।

आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै पुस्तकालय खारेज गर्ने वा गाभ्ने कार्य नगर्न आग्रह गरेको हो।

‘न्यायाधीश, कानुन व्यवसायी, कर्मचारी, कानुनका विद्यार्थीलगायत कानुन र न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने व्यक्तिहरूको लागि अति आवश्यक केन्द्रीय कानुन पुस्तकालय बिनाकारण खारेज गर्ने वा गाभ्नेजस्ता कार्यले पठन संस्कृतिमाथि प्रहार गर्ने भएकोले उक्त पुस्तकालय खारेज वा गाभ्ने कार्य नगर्न आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

बारले पुस्तकालय खारेज वा गाभ्नुभन्दा यसलाई थप आधुनिकीकरण गर्दै विशिष्टकृतरूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए।

यो पुस्तकालय २०५० सालमा स्थापना भएको हो।