अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती

नेकपा (एमाले)ले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सबैभन्दा पहिले ‘टि स्टेट’ सम्बन्धी फाइल खोल्न चुनौती दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीले पुराना फाइल खोल्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै ‘टि स्टेट’को फाइलबाटै सुरुवात गर्न आग्रह गरिन् ।

उनले यति र ओम्नी प्रकरणका फाइल पनि खोलेर सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै आरोपहरू प्रमाणित नभए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाइन् ।

अर्यालले निराधार आरोपले व्यक्तिको प्रतिष्ठामा असर पर्ने भएकाले त्यसबारे पनि सरकार स्पष्ट हुनुपर्ने बताइन् ।