धर्मेन्द्रको निधनको खबर झुटाे ,के भन्छिन् छोरी इशा देओल ?

काठमाडौँ, २५ कात्तिकः दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधनको खबर भारतीय सञ्चारमाध्यममा आइरहँदा उनकी छोरी इशा देओलले भने यसको खण्डन गरेकी छन् ।

 

उनले परिवारको गोपनियता कायम राखिदिन तथा हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् । इन्स्टाग्राम स्टोरीमार्फत इशाले आफ्नो बुवा स्थिर र सुधार भैरहेको दाबी गरेकी छन् ।

 

उनले बुवालाई चाँडो निको हुनको लागि प्रार्थना गर्न आग्रह गरेकी छन् ।

 

यद्यपि, इन्डिया टुडे, हिन्दुस्तान टाइम्स लगायतका प्रसिद्ध भारतीय संचारमाध्यमले मंगलबार बिहानैदेखि धर्मेन्द्रको निधनको खबर बाहिर ल्याएका छन् ।