लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
नयाँ दिल्ली । मनोरञ्जनको क्षेत्रमा बिस्तारै आफ्नो पहिचान बनाउँदै गरेकी अनाया बांगरले पुनः एकपटक आफ्नो लिङ्ग परिवर्तन शल्यक्रियाको अनुभव र पीडा सेयर गरेकी छन् । हालै केटाबाट केटी बनेकी अनायाले इन्स्टाग्राममार्फत यस प्रक्रियाको कठिन यात्रा र आफ्नो वर्तमान स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी हुन् ।
'अझै पनि स्वास्थ्यमा सुधार हुँदैछ'
हालै अनायाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा प्रशंसकहरूसँग एउटा प्रश्नोत्तर सत्र राखेकी थिइन्, यस क्रममा एक प्रयोगकर्ताले उनलाई लिङ्ग परिवर्तन गरेपछि अहिले स्वास्थ्य कस्तो छ भनी सोधेका थिए । यसको जवाफ दिँदै अनायाले लेखेकी छन्, 'म अझै पनि शल्यक्रियापछि निको हुने (रिकभर गर्ने) प्रक्रियामा छु । अहिले म बिस्तारै सामान्य दिनचर्यामा फर्किने प्रयास गरिरहेकी छु । म पूर्ण रूपमा सामान्य हुने क्षणको प्रतिक्षामा छु ।'
केटाबाट केटी बनेकी अनाया
'राइज एन्ड फलु नामक शोमा देखिएकी अनाया बांगरले केही समयअघि मात्र आफ्नो लिङ्ग परिवर्तनको शल्यक्रिया पूरा गरेकी हुन्। त्यस समयमा पनि उनले अस्पतालबाट एउटा भिडियो साझा गरेकी थिइन्, जसमा उनी निकै कठिनाइका साथ बिस्तारै हिँडिरहेको देखिएकी थिइन् ।
कुनै समय 'आर्यन' नामले चिनिने अनायाले आफ्नो पहिचानलाई लिएर लामो समयसम्म संघर्ष गरेकी थिइन् । यो परिवर्तन अचानक नभई लामो समयको सोच, आत्म स्वीकार्यता र साहसको परिणाम भएको उनले खुलाएकी छन् । अहिले उनी एक ट्रान्सजेन्डर महिलाका रूपमा आफ्नो नयाँ पहिचानका साथ जीवनको नयाँ सुरुवात गरिरहेकी छन् ।
सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया
अनायाको यस कदमलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरू प्राप्त भएका छन् । धेरैले उनको साहसको प्रशंसा गर्दै नयाँ जीवनको लागि शुभकामना दिएका छन् भने केही प्रयोगकर्ताहरूले यति कठिन निर्णय आवश्यक थियो कि थिएन भन्दै प्रश्न पनि उठाएका छन् ।
यी प्रतिक्रियाहरूबिच अनायाले यो आफ्नो व्यक्तिगत निर्णय भएको र आफू यस निर्णयबाट सन्तुष्ट रहेको स्पष्ट पारेकी छन् । साथै, परिवार र नजिकका व्यक्तिहरूको समर्थन नै आफ्नो सबैभन्दा ठुलो शक्ति बनेको उनले उल्लेख गरेकी छन् ।
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
तयार भयो नयाँ संसद् भवनको बैठक कक्ष (तस्वीरहरु)
प्रतिक्रिया