'देश बनाउने टोली' पोस्ट विवादमा परेपछि बालेनको स्पष्टीकरण: 'म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन'
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा गरेको एक पोस्टलाई लिएर विभिन्न टिप्पणी हुन थालेपछि त्यसबारे स्पष्टीकरण दिएका छन्। आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए।
प्रधानमन्त्रीको उक्त पोस्टपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका थिए। केही प्रयोगकर्ताले क्याबिनेटका अन्य सदस्यहरूलाई बेवास्ता गरिएको वा हेपिएको सन्देश गएको भन्दै टिप्पणी गरेका थिए।
यसै विषयमा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री शाहले आफूले गम्भीर राजनीतिक सन्देश नभई सामान्य जिस्काइ गरेको बताएका छन्। उनले बिदाको दिन आफू हल्का शैलीमा प्रस्तुत हुने गरेको उल्लेख गर्दै आलोचनालाई सामान्य रूपमा लिन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन। दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु।”
प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि समर्थक र आलोचकबीच फेरि बहस सुरु भएको छ। समर्थकहरूले यसलाई उनको सहज र खुला स्वभावको अभिव्यक्ति भनेका छन् भने आलोचकहरूले सार्वजनिक पदमा रहेका व्यक्तिका हरेक अभिव्यक्तिले फरक अर्थ र सन्देश दिन सक्ने बताएका छन्।
सामाजिक सञ्जालमा सक्रिय रहने प्रधानमन्त्री शाहका पोस्ट र टिप्पणीहरू बेला–बेलामा सार्वजनिक बहसको विषय बन्ने गरेका छन्। पछिल्लो स्पष्टीकरणले पनि सामाजिक सञ्जालमा नेताहरूको अभिव्यक्ति र त्यसको प्रभावबारे चर्चा बढाएको छ
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
प्रतिक्रिया