चोरीको स्कुटरको नम्बर प्लेट फेरेर कुदाउने दुई जना पक्राउ
काठमाडौँको बालुवाखानीबाट हराएको एक थान स्कुटरको वास्तविक नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० बालुवाखानीस्थित सडक खण्डबाट बा ९२ प २७६५ नम्बरको रातो रङको डिओ स्कुटर हराएको थियो। सवारी साधन हराएपछि धनीले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखामा दरखास्त सहितको निवेदन दिएका थिए। सोही निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजतलासकै क्रममा बिहीबार दिउँसो काठमाडौँकै तार्केश्वर नगरपालिका वडा नम्बर ८ फुटुङस्थित सडक खण्डमा उक्त स्कुटर फेला परेको हो। अनुसन्धान गर्दा चोरिएका व्यक्तिहरूले स्कुटरको वास्तविक नम्बर परिवर्तन गरी बा ९२ प ९८७२ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ। स्कुटर चोरीको कार्यमा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुई जनालाई थप अनुसन्धान एवं आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया