राजस्व परामर्श समितिले अर्थमन्त्री वाग्लेलाई प्रतिवेदन बुझाए
आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व नीति तय गर्न गठित राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रतिवेदन बुझाएको छ ।
अर्थ मन्त्रालयका अनुसार समितिले बिहीबार अर्थमन्त्री समक्ष प्रतिवेदन बुझाएको हो । सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्य लगायत नीतिगत दस्तावेजमा समावेश गर्नुपर्ने राजनीति नीति, कर सम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संगठनात्मक संरचना र कार्यप्रक्रिया सुधारसँग सम्बन्धित विषयमा अध्ययन गरी पेस गर्न २८ माघमा राजस्व परामर्श समिति गठन भएको थियो ।
यस्तो समिति अर्थ मन्त्रालयका राजस्व सचिवको नेतृत्वमा गठन गरिन्छ । प्रतिवेदनमा कार्यान्वयनयोग्य सुझाव दिइएको समितिका सदस्यहरूले उक्त अवसरमा बताएको मन्त्रालयले जनाएको छ । प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले सिफारिस गरिएका कार्यान्वयनयोग्य सुझावलाई सम्बोधन गरिने बताए ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया