दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह
दक्षिण भारतीय फिल्मका चर्चित कलाकार अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोन्डा वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार भारतको उदयपुरमा विवाह गरेका हुन् ।
राजस्थानस्थित उदयपुरमा आयोजित उक्त समारोहमा दुवै परिवारका सदस्य र अत्यन्त निकट साथीभाइहरूको मात्र उपस्थिति रहेको बताइएको छ । विवाह समारोहमा तेलुगु र कोदावा परम्पराअनुसारका धार्मिक विधिहरू समावेश गरिएको बताइएको छ ।
उनीहरूको विवाहका अधिकारिक तस्बिरहरु भने सार्वजनिक भइसकेको छैन । रश्मिका र विजयले आफ्नो वैवाहिक समारोहलाई ‘विरोश’ नाम दिएका छन्, जुन उनीहरूका नामको संयोजनबाट बनेको हो । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई कलाकारको विवाहको चर्चा चलिरहेका बेला उनीहरूले केही दिनअघि सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका थिए ।
रश्मिका र विजयले सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ मा ‘डियर कमरेड’ मा संगै अभिनय गरेका थिए । ती फिल्ममा उनीहरूको अभिनय र केमेस्ट्रि दर्शकहरूले अन्त्यन्त रूचाएका थिए ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया