पत्र लेख्दै प्रशान्त तामाङको निधनमा मोदीले दुःख व्यक्त गरे
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले तामाङकी श्रीमती मार्था एलीलाई सोमबार पठाएको शोक पत्रमा प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय कलाको प्रशंसा गरेका हुन्।
‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङ जीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो। दृढ संकल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनु भयो। प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ,’मोदीको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ।
प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गरेका छन्। उनले पत्रमा लेखेका छन्, ‘यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ। परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्रदान होस्।’

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया