रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
काठमाडौँ, २७ कात्तिकः आजभन्दा २५ वर्षअघि कमेडी गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ..’ गाएर चर्चामा आउनुभएका प्रकाश पौडेलको ‘बुढाबुढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । पछिल्लो समय ज्योतिषीको समेत परिचय बनाउनुभएका पौडेलले लामो समयपछि गीत गाउनुभएको हो । उहाँको अन्य कमेडी गीतहरु कसैलाई नभन्नु ल, डाक्टर साब भिटामिन लेख्दिनु न, तितेपाती तितेपाती झ्याप झ्याप जस्ता स्रोतामाझ लोकप्रिय छन् ।
‘बुढाबुढी’ गीतको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गर्नुभएको हो । म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतले अभिनय गर्नुभएको छ ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया