सन्तुलित आहारको फाइदाहरू !
काठमाडौँ, २८ असार : शरीरलाई आवश्यक पर्ने तत्त्वहरू ठीकठीक मात्रामा भएको खानालाई सन्तुलित आहार भनिन्छ । जुन भोजनमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, चिल्लो पदार्थ खनिज इत्यादि तत्त्वहरू शरीरलाई आवश्यक मात्रामा रहेको हुन्छ भने त्यस्तो आहारलाई सन्तुलित आहार भनिन्छ ।
शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । मानिसका मुख्य आवश्यकताहरूमा खाना, कपडा तथा आवास पर्छन् । व्यक्ति जीवित रहनका लागि खानाको आवश्यकता पर्छ । सन्तुलित खाना खानुको उद्देश्य जीवनलाई रक्षा प्रदान गर्नु हो ।
मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पोषण सन्तुलित भोजनबाट मात्र प्राप्त हुन्छ । सन्तुलित भोजनले शरीरमा शक्ति प्रदान गर्नुका साथै हाड तथा मांसपेशीलाई बलियो पार्दछ । साथै यसले शारीरिक क्रियाकलाप नियमित गर्न मद्दत गर्छ । हाम्रा तन्तु तथा अंगलाई सदैव स्वस्थ र सक्रिय बनाइराख्न पोषणको आवश्यकता पर्छ ।
यसैगरी शरीरलाई विभिन्न रोग संक्रमण, थकान आदिबाट जोगाउन पनि पोषणको जरुरत पर्छ । असन्तुलित आहारले पोषणको अभावमा लाग्ने विभिन्न प्रकारका रोगको उत्पति हुन पुग्छ । कुनै व्यक्तिले कार्बोहाइड्रेट तथा बोसोको मात्रा कम भएको खाना खाएमा उक्त व्यक्तिमा शारीरिक कमजोरी भई स्फुर्तिमा कमी आउन सक्छ ।
त्यसैगरी प्रोटिनको उचित भाग सेवन नगर्नाले व्यक्तिका अंग प्रत्यंगको सन्तुलित विकास हुन पाउँदैन । खानामा भिटामिन तथा खनिज पदार्थको अभाव हुँदा विभिन्न रोगहरूबाट व्यक्ति पीडित हुन्छ ।
घर वरिपरि वा खेतबारीमा हुर्कने सागसब्जीमा निकै नै पौष्टिक तत्त्व हुन्छ । सिस्नुको कलिलो मुन्टा, बेथे, तोरीको सागलाई त्यति महत्त्व दिइँदैन तर यिनीहरूमा प्रशस्त मात्रामा भिटामिन र खनिज पाइन्छ । यसरी घर वरिपरिबाट कम पैसामा नै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गरी सन्तुलित भोजन तयार पार्न सकिन्छ ।
मौसमअनुसारका फलफूल, हरियो सागसब्जी, गेडागुडी, दूध, दही आदि आवश्यक मात्रा मिलाएर दैनिक सेवन गर्नुपर्छ । त्यसैगरी सम्भव भएसम्म माछा, मासु, अन्डा वा गेडागुडीमध्येबाट कुनै एक पदार्थ पनि प्रयोग गर्नुपर्छ । यसरी खाद्य पदार्थलाई सन्तुलित ढंगले दैनिक रूपमा प्रयोग गर्न सकेमा मानव स्वस्थ हुन्छ ।
सन्तुलित आहारको फाइदाहरू
– शरीरलाई सुसंगठित तथा स्वस्थ राख्न मद्दत गर्छ ।
– मानसिक विकास तथा शारीरिक विकासमा राम्रो प्रभाव पार्छ ।
– व्यक्तिको मन प्रफुल्लित रहनुका साथै अनुहारमा चमक आउने तथा शरीर सधैं फुर्तिलो हुन्छ ।
– रोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ ।
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग
माछापोखरी निर्माणमा करोडौँ हिनामिनाको आरोप, निलम्बित मेयर भरतकुमार थापासहि…
प्रतिक्रिया