ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र युट्युबर ग्यास्पीसहित ६ जनाको मृत्यु
रियो दि जेनेरियो — ब्राजिलमा दुई हेलिकप्टर आपसमा ठोक्किदा छ जनाको मृत्यु भएको छ । जसमा एक अमेरिकी अल्टरनेटिभ पप सिंगर ओलिभर ट्री पनि छन् । र्यापर, कमेडियनदेखि फिल्मकर्मीसम्मको परिचय बनाएका ३२ वर्षीय ओलिभर विश्व भ्रमणमा थिए । आइतबार उनी यात्रा गरिरहेको एक हेलिकप्टर रियो दि जेनेरियोमा अर्को हेलिकप्टरसँग ठोकिएर दुर्घटनाग्रस्त भएको हो ।
ब्राजिलका सञ्चारमाध्यमले प्रसारण गरेको दूर्घटनाको फुटेजमा आकाशबाट एउटा हेलिकप्टर खसेको र दुर्घटनास्थलबाट आगोसँगै बाक्लो धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो । हेलिकप्टर आपसमा के कारणले ठोक्किन पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । रियो दि जेनेरियो राज्यको सैन्य अग्नि नियन्त्रण विभागले स्थानीय समय अनुसार बिहान ९ बजे दुर्घटना बारेमा जानकारी आएको बताएको छ ।
१९९३ मा क्यालिफोर्नियाको सान्टा क्रुजमा जन्मेका ट्री २०१६ यता सामाजिक सञ्जालमा भाइरल व्यक्ति हुन् । विशिष्ट शैलीको कपाल कै कारण पनि बढि चिनिएका ओलिभरले ‘लाइफ गोज अन’, ‘मिस यु’ र ‘एलियन ब्वाय’ जस्ता हिट गीतहरू दिईसकेका छन् । यतिबेला विश्व भ्रमणमा रहेका उनको ६ जुनमा ब्राजिलको साओ पाउलोमा कार्यक्रम थियो ।
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
प्रतिक्रिया