सरकारकाे सामाजिक सञ्जाल कम्पनीलाई चेतावनि ,दर्ता नभए प्रतिबन्ध लगाउने
काठमाडौँ, २१ माघः सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम त्यस्ता कम्पनीलाई नेपालमा दर्ता हुन र सम्पर्क व्यक्ति तोक्न भनेको हो ।
निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल कम्पनी सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने उल्लेख छ । यस्तै, दफा ६ मा नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।
निर्देशिका अनुसार दर्ता नहुने सामाजिक सञ्जाल कम्पनीलाई मन्त्रालयले प्रतिबन्ध लगाउन सक्ने सूचनामा उल्लेख छ ।
यसबाहेक सामाजिक सञ्जाल कम्पनीले नेपालको पयर्टन प्रवर्धनले, सुरक्षा तथा डिजिटल लिट्रेसीको प्रवर्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
०८१ माघ १५ मा राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालको व्यवस्था गर्न बनेको विधेयकमा पनि सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नियमन गर्न विभिन्न व्यवस्था समेटेको छ । यसबीच मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।
नेपालमा फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, टिकटक, युट्युबलगायत विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालनमा छन् । यीमध्ये धेरैजसो कम्पनी नेपालमा दर्ता भएका छैनन् ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया