चट्याङ लागेर दुई जनाको मृत्यु
झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो।
कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको थियो। घरबाट खेत जाने क्रममा चट्याङ लागेर घाइते भएका उनलाई आम्दा अस्पताल दमक पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै बिहान पौने ९ बजे गौरीगन्ज गाउँपालिका-३ ठेकिटोलामा ४२ वर्षीय लिला भन्ने विकास गिरीलाई चट्याङले लागेको थियो। उनलाई ठेकिटोलामा सिताराम दाहालको खेतबारीमा धानको बिउ उखल्ने क्रममा चट्याङले लागेको थियो।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया