राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा
महामन्त्री भोजराज जोशी (क्वालिटी) र उपसभापति श्रृष्टी महरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी (क्वालिटी) र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएका हुन् ।
उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको रास्वपा सुदूरपश्चिमका सभापति इन्जिनियर प्रकाश विष्टले जानकारी दिए । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्व संयोजकसमेत हुन् ।
श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले जनाएको छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।
राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति
एमाले सांसद् बराल बोल्दै गर्दा आशिका तामाङ किन कड्किइन् ?
प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका …
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ
अर्थमन्त्रीले धम्क्याएपछि एमालेले दियो कडा चुनौती
प्रतिक्रिया