फिल्म ‘दुःखी आत्मा’मा दयाहाङको जोडी आँचल

फिल्म ‘दुःखी आत्मा’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । क्लक वर्क क्रिएसनको व्यानरमा बन्न लागेको यो फिल्ममा आँचल अनुबन्धित भएकी हुन् । फिल्ममा दीपेन्द्र लामाको निर्देशन रहनेछ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा यसअघि नै दयाहाङ राई अनुबन्धित भइसकेका छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको फिल्म ‘नाङ्गो गाउँ’ हिट भएको थियो । 

यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ–२’ निर्माण गर्ने घोषणा गरिसकेको छ । आगामी चैत्रमा छायाङ्कनमा जाने फिल्मका हाल स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा छ । 

निर्देशक लामाले फिल्मका अन्य कलाकार तथा प्राविधिक चयनको काम केही समयमा गरिनेन बताए । काठमाडौंको सेरोफेरोमा खिचिने सामाजिक कमेडी जनराको फिल्मका वितरण आरआर फिल्मस्ले गर्नेछ ।