भारतीय फिल्मका सुपरस्टार थालापति राजनीतिमा प्रवेश

काठमाडौं। दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय थालापति राजनीतिमा प्रवेश गरेका छन्। 

विजय तामिल फिल्म उद्योगका सबैभन्दा प्रमुख अभिनेता हुन। उनी करिब तीन दशक देखि फिल्म क्षेत्रमा सक्रिय छन्। उनको जबरदस्त फ्यानफलोइङ छ।

केहीसमय यता उनी राजनीतिमा प्रवेश गर्ने चर्चा चलिरहेको थियो। अब भने विजय आफैंले  आधिकारिकरुपमा राजनीतिमा प्रवेश गरेको घोषणा गरेका छन्। 

उनी जोडिएको पार्टीको नाम  तामिलका वेट्री कजगम हो। उनले सन् २०२६ मा तामिलनाडु राज्यको चुनाव लड्नेछन्।

पार्टीले आफ्नो एक्स ह्यान्डलमा मार्फत विजयलाई स्वागत गरेको छ।

#தமிழகவெற்றிகழகம் #TVKVijay pic.twitter.com/ShwpbxNvuM

— TVK Vijay (@tvkvijayoffl) February 2, 2024