‘काँडेतार’ को विशेष सोबाट उठेको रकम सीमा रक्षार्थ ज्यान गुमाएका सहिद गौतमको परिवारलाई हस्तान्तरण गर्ने

काठमाडौँ । चललित्र काँडेतारको धनगढीमा विशेष च्यारिटी सो हुने भएको छ ।

सीमा रक्षाका क्रममा झडपमा परेर ज्यान गुमाएका सहिदका परिवार र घाइतेको सहयोगार्थ धनगढीमा विशेष च्यारिटी सो गर्न लागिएको हो । 

च्यारिटी सोबाट उठेको रकम सीमा रक्षार्थ ज्यान गुमाउनुभएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई हस्तान्तरण गर्ने निर्माता नवल खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हल खर्च तिरेर बाँकी रहेको सबै रकम म सहिद परिवारलाई हस्तान्तरण गर्छु, एक रुपियाँ पनि लिँदिनँ ।” सीमा जोगाउने क्रममा भारतीय सुरक्षाकर्मी एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो ।