यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ : सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेले फेरी पनि आफूलाई फसाइएको बताएका छन्। उनले जिल्ला अदालत ले गरेको फैसला त्रुटी रहेकाे पनि अाःनाे फेसबुक स्टाटसबाट व्यक्त गरेका छन्। 

उनले फेसबुकमा लामो स्टाटस लेख्दै गौसाला २६ र आफूबिचको सम्बन्ध प्रमाणित गरे  ८ वर्षकाे मात्र जेल सजाय का रहेकाे र यदि उनि दाेषि भए अाफैलाइ फासीँ दिइयोस् भनि व्यक्त गरेका छन्।

विशेषगरी महिला सामाजिक अभियान्ता प्रति रोष प्रकट गर्दै उनले प्रमाणित गरेर देखाउन चुनौतिसमेत दिएका छन्। उनले भनेका छन्, “ति तथाकथित र भनौदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन।”

साथै उनले धेरै समय मौन बसेकाे र अब सबै कुरा व्यक्त गर्ने बताएका छन्। उनले उनि कानुनि रूपमा नभइ  एकतर्फी भनाइ ले दोषी भएको बताएका छन्। आफूले धर्ममा विश्वास गर्ने भएकाले कुनै दिन फसाउन गरेको पापको फल प्राप्त गर्ने समेत उनले बताएका छ। 

हेर्नहाेस् पुरा स्टाटस: