पहिरनकै कारण सधैं चर्चामा उर्फी जावेद

काठमाडौँ– भारतीय सञ्चार माध्यममा उर्फी जावेदको चर्चा भइरहन्छ ।

विशेष त उनको नौलो पहिरन शैलीले आम मानिसलाई आश्चर्यचकित बनाउँछ । टेलिभिजन ‘शो’ अभिनेत्री उर्फी प्रत्येक सार्वजनिक कार्यक्रमका सहभागी हुँदा नौलो र अनौठा किसिमका पहिरनमा देखा पर्छिन् ।

उनको त्यही पहिरन र लुक्सलाई हेर्नकै लागि दर्शक र सञ्चार माध्यमको भिड लाग्ने गर्छ । उनको पहिरनकै कारण उनी बेला–बेलामा ट्रोल समेत बन्ने गरेकी छिन् ।

हालै एक सार्वजनिक कार्यक्रममा उनले गुलाबी रंगको सातवटा सर्टबाट तयार गरिएको पहिरन लगाएकी थिइन् । उनको उक्त पहिरनको निकै चर्चा भएको थियो ।