६९ औं फिल्मफेयर अवार्डः ‘एनिमल’लाई सर्वाधिक १९ नोमिनेशन

६९ औं फिल्मफेयर अवार्ड २०२४ का लागि मनोनयनहरू घोषणा गरिएको छ । निर्देशक करण जोहर, अभिनेत्री जान्हवी कपुर र अभिनेता वरुण धवनले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् । यस वर्षको सबैभन्दा ठूलो आश्चर्य यो हो कि शाहरुख खानले उत्कृष्ट अभिनेताको लागि दुईवटा मनोनयन प्राप्त गरेका छन् । एउटा फिल्म ‘जवान’ र अर्को ‘डंकी’का लागि ।

जहाँ रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले यो वर्ष सबैभन्दा बढी १९ नोमिनेसन पाएको छ । विक्रान्त मेसी अभिनित चलचित्र ‘१२थ फेल’ले पनि केही प्रमुख विधामा मनोनयन प्राप्त गरेको छ । ६९ औं फिल्मफेयर अवार्ड २०२४ जनवरी २८ मा गुजरातको गान्धीनगरमा गुजरात टुरिजमसँगको सहकार्यमा आयोजना गरिनेछ । यसलाई बलिउड फिल्मको सबैभन्दा ठूलो अवार्ड मानिन्छ ।

यसअघि २७ जनवरीमा प्राविधिक अवार्ड समारोह आयोजना गरिने छ जसको आयोजना आयुष्मान खुरानाले गर्नेछन् । २८ जनवरीमा हुने मुख्य कार्यक्रम आयुष्मानसँगै करण जोहर र मनिष पलले आयोजना गर्नेछन् ।