कारागारबाट भागेका दुई सहित ४ फरार प्रतिवादी २० वर्षपछि पक्राउ

कैलाली- डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए ।

पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-६ बस्ने रोगही भन्ने ४५ वर्षीय करन राज थापा, सोही गाउँपालिका-३ बस्ने रोहीना भन्ने ४९ वर्षीय वर्षीय भगत चौधरी, सोही गाउँपालिका-४ बस्ने कालु भन्ने ३८ वर्षीय गुन सिंह कठरीया र भजनी नगरपालिका-६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई आ-आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीले २० वर्षदेखि फरार रहेका दुई प्रतिवादीहरु गुन सिंहलाई ४ वटा डाँका चोरी मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तथा टिकाराम चौधरीलाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८ सय ४० रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

यसैगरी करन राज थापालाई अदालतले विभिन्न मितिमा गरेको फैसलाले ८ वटा डाँका चोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार १ सय ५३ रुपैयाँ जरिवाना र भगत चौधरीलाई १ वटा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र ४ हजार ५ सय रुपैया जरिवाना तोकेको थियो ।

उनीहरु दुवै जना २०५७ फागुन ३० गते पक्राउ परी पुर्पक्षका लागि कारागार कार्यालय कैलाली गएकोमा २०६१ माघ २७ गते कारागार बाट भागी फरार भएका थिए ।पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी

इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी

पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल

पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…

ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र युट्युबर ग्यास्पीसहित ६ जनाको मृत्यु

ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…

अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो

ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युवराज दुलालको व्यंग्य

ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…

लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा

लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा