सुदूरपश्चिमका मुख्यमन्त्री रावलले उन्मुक्तिलाई मनाउनै सकेनन्, विश्वास मत लिन सकस

काठमाडौँ । गत पुस २७ गते नियुक्त भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले अझै विश्वासको मत लिन सकेका छैनन् । ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा रावल अझै अन्योलमा छन् । विश्वासको मत लिन उनलाई सकस परिरहेको छ । रावललाई तनाव दिने पार्टी हो– नागरिक उन्मुक्ति ।

उन्मुक्तिले रेशम चौधरीको रिहाइलाई विश्वासको मत दिने बटमलाइन बनाएको छ । प्रदेशस्तरमै समस्या समाधान नहुने स्थिति आएपछि मुख्यमन्त्री रावल केन्द्रीय नेताको शरणमा आइपुगेका छन् ।

नागरिक उन्मुक्ति पार्टी आफ्ना मागबाट टसमस नभएपछि विश्वासको मत लिनुअघि मुख्यमन्त्री राजेन्द्रसिंह रावल काठमाडौं आइपुगेका हुन् । मुख्यमन्त्रीका लागि सशर्त समर्थन गरेको उन्मुक्तिले सभामुख चयनमा पनि निकै अफ्ठ्यारो पारेको थियो । मुख्यमन्त्री नियुक्तिदेखि सभामुख चयनसम्म उधारो समर्थन गरेको उन्मुक्तिले यसपटक सहजै सम्झौता गर्ने संकेत दिएको छैन ।

त्यसो त यसअघि सभामुख चयनमा उन्मुक्तिले ठूलै बखेडा झिकेको थियो । तेस्रोपटकको प्रयासमा मात्रै माओवादी केन्द्रका भीम भण्डारी सभामुखमा निर्वाचित भएका थिए । सभामुख चयनमै निकै ठूलो दबाब सिर्जना गरेको नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई सहजै विश्वासको मत दिनेमा आशंका बढेको छ ।

२०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते टीकापुर नरसंहारमा दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको छ । उच्च अदालतले पनि त्यही फैसला सदर गरेको छ । उनी डिल्लीबजार कारगारमा कैद भुक्तान गरिरहेका छन् ।

थरुहट आन्दोलन चर्किंदै जाँदा २०७२ भदौमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालक मारिएका थिए । टीकापुरमा भएको सोही घटनामा अदालतले चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएको हो । त्यसपछि चौधरीले जेलबाटै श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गराए । सोही पार्टी सुदूरपश्चिममा बलियो गरी उदाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा केन्द्रीय गठबन्धनबाट एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । विपक्षी नेपाली कांग्रेससँग १९, एकीकृत समाजवादीसँग ४ र एक स्वतन्त्र सांसद छन् । विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

त्यसकारण नागरिक उन्मुक्तिबिना मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सक्दैनन् । उन्मुक्तिले त्यसैको फाइदा उठाउँदै अदालतले जन्मकैद फैसला सुनाएका व्यक्तिको रिहाइका लागि सौदाबाजी गरिरहेको छ र त्यसको घानमा परेका छन् मुख्यमन्त्री राजेन्द्रसिंह रावल । प्रदेश स्तरमै सहमति जुट्ने स्थिति नदेखेपछि रावल केन्द्रीय नेतासँग हारगुहार गरिरहेका छन् ।

खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले

खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले

इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी

इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी

पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल

पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…

ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र युट्युबर ग्यास्पीसहित ६ जनाको मृत्यु

ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…

अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो

ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युवराज दुलालको व्यंग्य

ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’

संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…