शिक्षाले पार्ने प्रभावको कथामा ‘गौँथली’
नेपाली कथानक चलचित्र ‘गौँथली’ मा शिक्षाले पार्ने प्रभाव र महत्वलाई देखाइएको डा भोला रिजालले बताउनुभएको छ । उक्त चलचित्रका कथाकार र गीतकारसमेत रहनुभएका डा रिजालले चलचित्रमा देखाइएको कथा आफ्नै परिवारको जीवनसँग प्रेरित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो विवाह हुँदा मेरी श्रीमतीलाई पढाउने भनेर ल्याएका थियौँ, त्यो केही समय रोकियो तर पछि उनले आफ्नो अध्ययन पूरा गरिन् । एउटा गाउँमा अध्ययनरत युवतीको विवाह भएपछि उसले अध्ययनलाई निरन्तरता दिन गर्ने सङ्घर्षको कथा हो । मैले ‘गौँथली’ शीर्षकमै गीति कथानक चलचित्र बनाएको थिएँ, अहिले छोराले संवादसहितको चलचित्र नै बनाएको छ ।”
डा रिजालकै छोरा डा कपिल रिजालले ‘गौँथली’ निर्देशन गर्नुभएको छ । शिक्षाले एउटा व्यक्ति मात्र नभई उसको परिवार, उ बस्ने समाज र उसको राष्ट्रलाई कसरी टेवा पुग्छ भन्ने सन्देशलाई चलचित्रको कथासार बनाइएको निर्देशक रिजालले बताउनुभयो ।
“यसलाई अहिले चलचित्रकै स्वरूपमा ल्याउनुपर्छ भन्ने लागेर पितासँगको सल्लाहमा चलचित्र तयार गरेँ । यसले हामीलाई चलचित्र भवनभित्र हसाउने र रुवाउने काम गर्छ, तर बाहिर निस्किँदा यसले दिने सन्देशले समाजमा पक्कै परिवर्तन ल्याउँछ । यो चलचित्र भवनमा मात्र नभइ समाजसम्म पुगेर छलफल हुने विषयमा तयार गरेका छौँ”, निर्देशक रिजालले भन्नुभयो ।
अभिनेता अरुण क्षेत्रीको असामान्य व्यवहार हेर्दा उहाँ कुनै रोगले पीडित देखिनुभएको छ भने उहाँको विवाह कम उमेरकी युवतीसँग भएको देखाइएको छ । स्कुले विद्यार्थी झै देखिने उक्त युवतीको भूमिका अभिनेत्री सिम्रन खड्काले निर्वाह गर्नुभएको छ । हेर्दा असामान्य लाग्ने जोडीले विवाहपछि सामना गर्ने चुनौतीकै कथामा चलचित्र तयार गरिएको अभिनेता क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामा चलचित्र तयार भएको छ । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव चलचित्रमा देखाइएको छ । गम्भीर विषयमा सरल चलचित्र बनाउने कोसिस गरेका छौँ ।”
उक्त चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक रिजालकै पटकथा रहेको उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरीराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो ।
उक्त चलचित्रलाई सुमन गिरी र निर्देशक रिजालले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । चलचित्र आगामी साउन १ मा नेपालभर प्रदर्शन हुँदैछ
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज
सरकारी अस्पतालमा बिरामीका भार
सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको घटनामा सरकारको प्रतिक्रिया
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णयहरू
प्रतिक्रिया