संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाए : अमरेश कुमार सिंह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंहले संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।
एक सार्वजनिक कार्यक्रममा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहको भूमिकालाई लिएर कडा कटाक्ष गरे ।
संसद् बाहिरका व्यक्तिहरूलाई संविधान संशोधन जस्तो गम्भीर विषय सुम्पिएको भन्दै आक्रोश व्यक्त गर्ने क्रममा उनले भने, "असिम शाह हो को? उसले के गर्न सक्छ? बढीमा बालेनको कानमा फुसफुस गर्न सक्छ । संसदमा जाने अधिकार छैन, त्यो पनि गर्न सक्दैन, प्रस्ताव पनि गर्दैन नि, ऊ संसद भए पो प्राइभेट बिल पनि दर्ता गर्थ्यो होला, त्यो पनि छैन बिचरा ।"
संविधान संशोधन संसद्को क्षेत्राधिकार भएको उल्लेख गर्दै उनले विधि निर्माताहरूको भूमिकालाई कम आँकिएको दाबी गरे । उनले थपे, "यो देशको संविधान संशोधन के हो? कहाँबाट हुन्छ? म एउटा ल मेकर हो, मेरो अथोरिटी अन्तर्गत पर्छ यो संविधान संशोधन । हु इज असिम शाह? यो बुझिएन कि कहाँको संविधान संशोधन हुन्छ? कसले गर्छ? प्रक्रिया के हो?"
सांसद सिंहले अहिलेको राजनीतिक संरचना र नेतृत्वको नियतमा खोट रहेको आरोप लगाउँदै असिम शाह जस्ता पात्रहरूलाई अघि सारेर मुख्य मुद्दाबाट ध्यान मोड्न खोजिएको टिप्पणी गरे । "हु इज असिम? त्यहाँ व्यापारी पनि गएछ, कर्मचारी पनि गएछ, नेता पनि गएछ, मलाई त देखेर दया लाग्छ कि यिनीहरूको के हैसियत, के कस्तो विचारले गइरहेको छ," उनले भने ।
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा शाहले पाइरहेको महत्वमाथि व्यङ्ग्य गर्दै सिंहले संविधान संशोधनको लागि आवश्यक दुई-तिहाइ बहुमत र प्रदेशहरूको सहमतिको संवैधानिक जटिलतालाई पनि स्मरण गराए । उनले यो व्यवस्था र संविधानको भविष्य नै संकटमा रहेको चेतावनी दिँदै भने, "यो संविधान संशोधन हुनेवाला छैन, बरु व्यवस्था जानबाट बचाउनु मन छ, लोकतन्त्र बचाउनु छ भने तपाईँहरू छलफल गर्दा उचित हुन्छ ।"
रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…
ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…
प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता
अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…
उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला
विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका
प्रतिक्रिया