ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिए

मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिएको उल्लेख गरे।

अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीवार आफ्नो कार्यालय ओभल अफिसमा संवाददाताहरूसँग भने, "इरानसँगको युद्धमा हामीले भर्खरै एउटा गजबको सहमति गरेका छौँ।"

तर इरानले आफू अमेरिकासँग शान्ति सम्झौताबारे अन्तिम निर्णयमा नपुगेको बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सरकारी टेलिभिजनसँग "कुनै पनि विषय नटुङ्गिएको" बताएका छन्। प्रस्तावित सम्झौता अध्ययन भइरहेको र इरान आफ्ना न्यूनतम सर्तबाट पछि नहट्ने उनको भनाइ छ।

ट्रम्पले यसअघि पनि दुई देश द्वन्द्व अन्त्यका लागि सहमति नजिक पुगेको बताउने गरेका थिए। सहमति हुन लागेको घोषणा गर्नुभन्दा केही घण्टा अघिमात्रै ट्रम्पले इरानमाथि "कडा आक्रमण" हुने बताएका थिए।

अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्‍यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्छ गर्‍यो।

अमेरिका र इरानबीच गत एप्रिलमा दुई हप्ताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका छन्। यसबीचमा ट्रम्पले इरानसँग सहमतिको सम्भावनाबारे बारम्बार कुरा गरिरहेका छन्।

इरानको तस्नीम समाचार संस्थाले पछिल्ला दुई महिनामा ट्रम्पले इरानसँग सम्झौता हुन लागेको ३८ पटक बताएका उल्लेख गरेको छ।

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाए  : अमरेश कुमार सिंह

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने आदत लागेका कारण म फसेँ

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती : ज्ञानेन्द्र शाही

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी