अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही ले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती दिएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद शाहीले संसद्मा अर्थमन्त्रीले दिएको अभिव्यक्ति र प्रस्तुत शैलीप्रति आपत्ति जनाएका हुन्। उनले अर्थमन्त्रीले ‘२ अर्ब होइन, दुई रुपैयाँ मात्रै घोटाला भएको देखाउन’ दिएको चुनौतीलाई उल्लेख गर्दै निष्पक्ष संसदीय छानबिनबाट किन पछि हटेको भनी प्रश्न गरेका छन्।

“यदि हिम्मत र दम छ भने संसदीय छानबिन गराएर देखाउनुस्। किन डराउनुभएको छ संसदीय छानबिन समिति बनाउन ?” शाहीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले संसदीय छानबिन समितिमार्फत तथ्य बाहिर आएपछि दोषी र निर्दोष को हो भन्ने विषय स्वतः स्पष्ट हुने दाबी गरेका छन्। लोकतान्त्रिक व्यवस्थामा आफूखुसी निर्णय गर्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्दै उनले सत्यता स्थापित गर्न स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।

यसैक्रममा शाहीले अर्थमन्त्रीले विगतका फाइलहरू खोल्ने चेतावनी दिएको प्रसंग उठाउँदै सबै फाइल सार्वजनिक गर्न चुनौती दिएका छन्। विशेषगरी उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) सम्बन्धी फाइल पनि खोल्न माग गरेका छन्।

“फाइल खोलौं भनेर धम्की दिनुभएको छ। खोल्नुस् न फाइल, कसले रोकेको छ ? राष्ट्रघाती एमसीसीको फाइल पनि खोलौं,” उनले लेखेका छन्।

एमसीसी सम्झौता तयार पार्ने तथा संसद्बाट अनुमोदन गराउने प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिका र आर्थिक लेनदेनबारे समेत तथ्य सार्वजनिक गर्नुपर्ने उनको माग छ। जनतालाई सत्य जान्ने अधिकार रहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सबै विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

सांसद शाहीले सत्ताको आडमा कुनै पनि व्यक्ति अनुसन्धान वा छानबिनबाट उम्किन नपाउने भन्दै लोकतन्त्रमा सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्नेमा जोड दिएका छन्

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिए

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाए  : अमरेश कुमार सिंह

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने आदत लागेका कारण म फसेँ

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी

अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी