महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
महेन्द्रनगर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कञ्चनपुरको महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसँगै गाइडबण्डको निर्माण अघि बढाउन निर्देशन दिएका छन् ।
आज बिहान कञ्चनपुरको भीमदत्त नगरपाकिला–१२ स्थित महाकाली नदीमा निर्माणाधीन चार लेन पुलको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले पुलसँगै गाइडबण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाउन मातहत कार्यालयलाई निर्देशन दिएका हुन् ।
चार लेनको पक्की पुललगायत संरचना निर्माण ९५ प्रतिशत सकिएको भए पनि गाइडबण्ड निर्माणका विषयमा भने निर्माण कम्पनीसँग विवाद कायमै छ । गाइडबण्डको नयाँ डिजाइन र भेरियसन अर्डर (भिओ)को काम नभएको भन्दै पुल निर्माण कम्पनी कुमार-सिएफइसी जेभीले महाकाली पुल योजना कार्यालय कञ्चनपुरलाई २०८२ वैशाखमा पत्राचार गरेको थियो ।
उक्त विषय हाल मध्यस्त न्यायाधिकरणमा छलफलमा छ । मन्त्री लम्सालले निर्माण कम्पनीले नै ठेक्का तोडेपछि नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने धारणा राखे । “सडक विभाग आफैँले काम गर्छ, मध्यस्त न्यायाधिकरण कुर्नु पर्दैन”, मन्त्री लम्सालले भने, “नयाँ ठेक्का प्रक्रिया अघि बढाउनु ।” रु तीन अर्ब ७७ करोड लागत अनुमानको उक्त पुलको काम तीन वर्षअघि नै ९५ प्रतिशत सम्पन्न भइसकेको थियो ।
मन्त्री लम्सालले कञ्चनपुरमा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह र मझगाउँ विमानस्थलको समेत स्थलगत अनुगमन गरेका छन् । निर्माणाधीन विमानस्थल अनुगमनका क्रममा उनले विमानस्थलका लागि नेपाली सेनाको मातहतमा रहेको जग्गा अधिग्रहणको विषय चाँडै समाधान गरिने बताए ।
शिक्षाले पार्ने प्रभावको कथामा ‘गौँथली’
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज
सरकारी अस्पतालमा बिरामीका भार
सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको घटनामा सरकारको प्रतिक्रिया
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णयहरू
प्रतिक्रिया