सरकारी अस्पतालमा बिरामीका भार

 यहाँस्थित दुई सरकारी अस्पताल– भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ । 

भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो । 

भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक ८५० बिमारीलाई बिहान ८ः०० देखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिनुभयो ।

उहाँहरुले भारतीय सीमा क्षेत्रबाट समेत यहाँस्थित सरकारी अस्पतालमा उपचारका लागि बिरामी आउने गर्दा बिमारीको भार बढेको बताउनुभयो ।