सम्झौताको नाममा इरानबाट किन पछि हट्यो अमेरिका?
काठमाडौं । इरानविरुद्ध भीषण आक्रमण गर्ने धम्की दिएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प केही घण्टामै ‘ब्याक’ भएका छन्। इरानसँगको वार्ता उच्चतम स्तरमा पुगेको भन्दै उनले हमला स्थगन गरिएको दाबी गरेका हुन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण र बम विस्फोट रद्द गरेको छु।
राष्ट्रपति ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता चाँडै हुने दाबी गरेका छन्। सोही कारण गएराति इरानविरुद्ध गरिने भनिएको भीषण आक्रमण रोकिएको दाबी उनले गरेका छन्।
बिहीबार राति ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले इरानसँग युद्धका विषयमा एक सानदार सम्झौतामा गरेका छौँ।’दाबी गर्दै उनले थपे, ‘हाम्रो सम्झौताअनुसार इरानसँग कहिल्यै आणविक हतियार हुने छैन र हामीले यो लक्ष्य प्राप्त गर्न धेरै कडा परिश्रम गर्नुपर्यो। त्यसैले यो धेरै ठुलो सम्झौता हो।’
साथै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पनि लेखेका छन्, ‘इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण र बम विस्फोट रद्द गरेको छु। वार्ता र अन्तिम बुँदा सम्बन्धित सबै पक्षले अनुमोदन गरेका छन्।’
यसैबिच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्। देशको सरकारी टीभीमा उनले भनेका छन्, ‘सम्झौतासम्बन्धी रिपोर्ट केवल अनुमान हुन् र अहिलेसम्म केही निर्णय भएको छैन।’
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा ठुलो आक्रमण गरी युद्ध सुरुवात गरेका थिए। जवाफमा इरानले इजरायल र खाडीस्थित अमेरिकाका सहयोगी देशहरूविरुद्ध आक्रमण गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।
साथै इरानले तेल र ग्यास आपूर्तिका लागि विश्वकै एक महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट पनि बन्द गराएको छ। गत अप्रिलमा अमेरिका र इरानले युद्धविराम घोषणा गरे पनि हालै फेरि दुई देशबिच हानाहान सुरु भएको हो।
शिक्षाले पार्ने प्रभावको कथामा ‘गौँथली’
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज
सरकारी अस्पतालमा बिरामीका भार
सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको घटनामा सरकारको प्रतिक्रिया
प्रतिक्रिया