अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
संयुक्त राज्य अमेरिकाले नयाँ भिसा बन्ड पाइलट कार्यक्रमको घोषणा गरेको छ, जसले केही भिसा आवेदकहरूका लागि प्रक्रियामा परिवर्तन ल्याउने अमेरिकाको दाबी छ । यो कार्यक्रम विशेषगरी भिसा अन्तर्वार्तापछि निर्धारण गरिएका योग्य आवेदकहरूका लागि लागु हुने भनिएको छ ।
कार्यक्रमले कसरी काम ?
भिसा अन्तर्वार्ता सफलतापूर्वक सम्पन्न भएपछि, योग्य ठहरिए कन्सुलर अधिकारीले भुक्तानी गर्न सीधा लिङ्कसहित विस्तृत निर्देशनहरू उपलब्ध गराउनेछन् । आवेदकले यो बन्ड रकम ३० दिनभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ ।
बन्ड भुक्तानी गरेपछि आवेदकले अधिकतम ३ महिनाको अवधिका लागि मान्य हुने एकल–प्रवेश भिसा प्राप्त गर्नेछन् । भिसा धारकहरूले संयुक्त राज्य अमेरिकामा व्यापारिक हवाई प्रवेश नाकाहरू मार्फत प्रवेश गर्नुपर्ने हुन्छ ।
स्वदेश फर्किएपछि यदि भिसाका सबै शर्तहरू (जस्तैः अमेरिकामा काम नगरेको र तोकिएको समयमा प्रस्थान गरेको) पूरा गरिएको खण्डमा धरौटी रकम स्वचालित रूपमा रद्द गरिनेछ र भुक्तानी गरिएको रकम फिर्ता गरिनेछ ।
यो कार्यक्रमले भिसा प्रक्रियालाई थप व्यवस्थित बनाउने र भिसा नियमहरूको पालना सुनिश्चित गर्ने नेपालस्थित दूतावासले जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि अमेरिकी दूतावासको वेबसाइट वा कन्सुलर विभागमा सम्पर्क गर्न सकिने पनि दूतावासले जनाएको छ ।
प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
प्रतिक्रिया