प्रदर्शनकारीद्वारा मेक्सिको विश्व कप स्टेडियम जाने बाटो अवरुद्ध
प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी मेक्सिको सिटीको एजटेका स्टेडियममा पुग्ने बाटो अवरुद्ध गरेको जनाइएको छ ।
संयुक्त राज्य अमेरिका र क्यानाडाको सह–आयोजनामा हुन लागेको उद्घाटन खेल प्रतियोगितामा फुटबल प्रेमीहरुको आवागमन बढ्दा मेक्सिको राजधानीमा विरोध भई रहेको जनाइएको छ ।
मङ्गलबारको विरोध प्रदर्शनमा हजारौंले भाग लिएका थिए, एक हप्ताको प्रदर्शन पछि सि. एन. टि. इ. शिक्षक सङ्घबाट अलग भएको समूहले प्रदर्शनको नेतृत्व लिएको जनाइएको छ ।
प्रदर्शनकारीहरूलाई बिहीबार विश्वकपको उद्घाटन खेल आयोजना गरिएको एजटेका स्टेडियममा पुग्नबाट प्रहरीले रोकेको जनाइएको छ ।
हजारौँ प्रहरी अधिकारीहरू तैनाथ गरी स्टेडियम वरवरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पछि तीन घण्टाको सडक प्रदर्शन तोडी प्रदर्शनकारीहरू तितर बितर भएको जनाइएको छ ।
मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण भएको बताउनुभएको छ ।
आन्दोलनरथ सिएनटिई शिक्षक युनियनले तलब वृद्धि र पेन्सन कानुन फिर्ता लिन माग गर्दै गत हप्ता देखि प्रदर्शन गरिरहेको जनाइएको छ ।
आन्दोलनरथ शिक्षकहरूले मेक्सिको सिटीको जोकालो स्क्वायरमा विश्वकप फ्यान जोन नजिकै शिविर पनि स्थापना गरेका छन् ।
शिक्षकहरूले बिहीबार पनि प्रदर्शनको आह्वान गरेका छन् जसमा बेपत्ता व्यक्तिहरूका परिवारहरू पनि समावेश हुने जनाइएको छ ।
मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध खेल्ने खेल र उद्घाटन समारोहका लागि विश्वव्यापी तयारी पुरा भएको जनाइएको छ ।
परीक्षार्थीका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश
राखेपको उपाध्यक्षमा पूर्वफुटबलर श्रेष्ठ नियुक्त, सदस्यमा को-को?
इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा
मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी
अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
प्रतिक्रिया