राखेपको उपाध्यक्षमा पूर्वफुटबलर श्रेष्ठ नियुक्त, सदस्यमा को-को?
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व फुटबलर विशाल श्रेष्ठ नियुक्त भएका छन्।
त्यस्तै बोर्डको सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खुम्बु (चेस) र पवन शाही (फुटबल) नियुक्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
उपाध्यक्ष नियुक्त भएका श्रेष्ठले दुई वर्षअघि संन्यास लिएका थिए। बुधबार मात्रै उनले औपचारिकरूमा खेलाडी जीवनलाई पूर्णविराम लगाएको घोषणा गरेका थिए।
‘युथ राष्ट्रिय टोलीदेखि सिनियर राष्ट्रिय टोलीसम्मको खेलाडी जीवनको यी झन्डै २२/२३ वर्षको मेरो यात्रालाई आजबाट पूर्णविराम लगाएको छु,’ उनले लेखेका छन्, ‘धेरै दुःख, संघर्ष तथा मेहेनत सहित बिताएका यी अविस्मरणीय पलहरु अब सम्झनामा मात्रै रहने भएको छ।’
उनले अबको समय देशमै रहेर खेलप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्ने बताएका थिए।
नवप्रवर्तन मन्त्री पुनले यसपालि पनि मन्त्रालयमै आवास बास
रास्वपा को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन सभापतिमा चार जनाबीच …
दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका गुरुङले कालभैरवको दर्शन
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक, २०८३’ प्रस्तुत
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
रुसका सैन्य केन्द्रमा युक्रेनी हमला
प्रतिक्रिया