नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
‘नेपाली ब्रो’ भनेर परिचित कुमार थापालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका थापालाई बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माले दोस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । यसअघिको म्याद सकिएपछि प्रहरी वृत्त बालाजुले उनलाई अदालतमा उपस्थित गराएको थियो ।
जेठ २२ मा राति थापाले पत्नी भुजेलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा थापाकी प्रेमिका सहित थप ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतक भुजेल नेपाली सेनाकी सुवेदार हुन् । घरायसी विवादमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘दुई जनाको बिचमा अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेको देखिन्छ।’
नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, …
नयाँ कीर्तिमान राखेका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको नाराबाजी, बैठकमा केहीबेर अवरोध
नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, …
सुनसरीमा ‘सुरक्षित सिटी सफारी चालक अभियान’ सुरु
मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी
प्रतिक्रिया