नयाँ कीर्तिमान राखेका मोदीलाई प्रधानमन्त्री बालेनले दिए बधाई
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको इतिहासमा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका छन् ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक एक्स ह्यान्डलबाट मोदीलाई बधाई दिइएको हो । साथै मोदीको स्वास्थ्य र भारतीय जनताको निरन्तर प्रगति एवं समृद्धिको कामनासमेत गरिएको छ।
स्टाटसमा भनिएको छ, ‘हामी हाम्रो सम्बन्धलाई एकदमै महत्त्व दिन्छौँ र त्यसलाई अझै बलियो बनाउन तत्पर छौँ।’

भारतको लोकतान्त्रिक इतिहासमा मोदीले लगातार निर्वाचित प्रधानमन्त्रीमा सबैभन्दा बढी समय काम गर्ने प्रधानमन्त्रीको रेकर्ड बनाएका छन् । उनले भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको ६ दशक पुरानो रेकर्ड तोडेका हुन् ।
मोदी लगातार प्रधानमन्त्री बनेको बुधबार ४ हजार ३९९ दिन पूरा भएको छ । जबकि नेहरुको कार्यकाल लगातार ४ हजार ३९८ दिनको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री छन्।
इंग्ल्यान्डको टेस्ट टीमका नयाँ कप्तान जोन रुट
ब्रेकपछि क्याट्रिना कैफ पुनः चलचित्रमा फर्कने तयारी, २०२७ तिर सेटमा देखिने
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यी ५०९ जना इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)
आईजीपी कार्कीद्वारा ४४ प्रहरी अधिकृत सुशोभित, जिम्मेवारीप्रति थप उत्तरदायी बन्न…
शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म
प्रतिक्रिया