नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर परिचित कुमार थापालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पत्नी ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका थापालाई बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माले दोस्रो पटक ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । यसअघिको म्याद सकिएपछि प्रहरी वृत्त बालाजुले उनलाई अदालतमा उपस्थित गराएको थियो ।
जेठ २२ मा राति थापाले पत्नी भुजेलको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा थापाकी प्रेमिका सहित थप ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मृतक भुजेल नेपाली सेनाकी सुवेदार हुन् । घरायसी विवादमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘दुई जनाको बिचमा अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेको देखिन्छ।’
मोरङको सीमावर्ती क्षेत्रबाट गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आज रातिबाट सुरु हुँदैछ फिफा विश्वकप
भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश
इंग्ल्यान्डको टेस्ट टीमका नयाँ कप्तान जोन रुट
ब्रेकपछि क्याट्रिना कैफ पुनः चलचित्रमा फर्कने तयारी, २०२७ तिर सेटमा देखिने
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
प्रतिक्रिया