ब्रेकपछि क्याट्रिना कैफ पुनः चलचित्रमा फर्कने तयारी, २०२७ तिर सेटमा देखिने
बलिउड अभिनेत्री Katrina Kaif छोटो ब्रेकपछि पुनः चलचित्र क्षेत्रमा फर्कने तयारीमा रहेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार लामो समयदेखि ‘लाइमलाइट’ बाट टाढा रहेकी क्याट्रिना अहिले फिल्म तथा ओटीटी दुवै माध्यममा फर्किने तयारीमा जुटेकी हुन्। उनी हाल विभिन्न स्क्रिप्ट अध्ययनमा व्यस्त रहेको जनाइएको छ।
रिपोर्टअनुसार उनी सन् २०२७ को मध्यतिर छायाङ्कन सेटमा फर्कने योजनामा छिन्। गत वर्ष सन्तान जन्मिएपछि उनी केही समय सार्वजनिक जीवन र फिल्मी गतिविधिबाट टाढा रहेको बताइएको छ।
उनी पछिल्लो पटक २०२४ मा रिलिज भएको फिल्म ‘मेरी क्रिसमस’ मा देखिएकी थिइन्। त्यसपछि उनी मिडिया तथा सार्वजनिक कार्यक्रममा कमै मात्र देखिएकी छन्।
क्याट्रिनाले अभिनेता Vicky Kaushal सँग ६ डिसेम्बर २०२१ मा राजस्थानमा विवाह गरेकी थिइन्।
मोरङको सीमावर्ती क्षेत्रबाट गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आज रातिबाट सुरु हुँदैछ फिफा विश्वकप
भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश
इंग्ल्यान्डको टेस्ट टीमका नयाँ कप्तान जोन रुट
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रतिक्रिया