विवाहको आश्वासन दिएर १८ लाख ठगी, अमेरिका लैजान्छु भन्ने श्यामबहादुर बम सम्पर्कविहीन

काठमाडौं । विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर एक महिलाबाट १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा श्यामबहादुर बमविरुद्ध उजुरी परेको छ।

पीडितका अनुसार बमले विवाह गर्ने र अमेरिका लैजाने आश्वासन दिँदै विभिन्न बहानामा पटक–पटक रकम मागेका थिए। विश्वासका आधारमा रकम उपलब्ध गराइए पनि पैसा लिएपछि उनले सम्पर्क तोडेको आरोप लगाइएको छ।

पीडितले आफू ठगीमा परेको भन्दै सम्बन्धित निकायमा उजुरी दर्ता गराएकी छन्। घटनाबारे अनुसन्धान सुरु भएको बताइएको छ भने आरोपित बम हाल सम्पर्कविहीन रहेको जनाइएको छ।

प्रहरीले घटनाको सत्यतथ्यबारे अनुसन्धान जारी रहेको र आरोपितको खोजी कार्य भइरहेको जनाएको छ।