नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो
जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसदहरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किन आग्रह गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले नयाँ जनप्रतिनिधिहरूको पनि अब कार्यकालको गन्ती सुरु भइसकेको भन्दै काममा केन्द्रित हुन आग्रह गरेकी हुन्।
उनले नयाँ सांसदलाई विगतको आलोचना मात्र गरेर नबस्न र वर्तमान तथा भविष्यको जिम्मेवारी सम्हाल्न सचेत पनि गराएकी छन्।
‘नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईंहरूको पनि गन्ती सुरु भइसकेको छ,’ बमले लेखेकी छन्, ‘घरबारविहीन सुकुम्बासीहरूले तपाईंहरूको दिन गनिरहेका छन्। भूमिहीन नागरिकहरूले गनिरहेका छन्। बेरोजगार युवाहरूले गनिरहेका छन्। खाडीमा पसिना बगाइरहेका नेपालीहरूले गनिरहेका छन्।’
उनले अब डाडुपन्यु हातमा लिएकाहरूले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
‘अब डाडुपन्यु तपाईंहरूकै हातमा छ। त्यसैले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुहोस्। अर्को निर्वाचनसम्म आइपुग्दा तपाईंहरूको पनि पाँच वर्ष पूरा भइसकेको हुनेछ,’ उनले भनेकी छन्, ‘तपाईंहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन्, र हिसाब पनि राखिरहेका छन्।’

इंग्ल्यान्डको टेस्ट टीमका नयाँ कप्तान जोन रुट
ब्रेकपछि क्याट्रिना कैफ पुनः चलचित्रमा फर्कने तयारी, २०२७ तिर सेटमा देखिने
तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यी ५०९ जना इन्सपेक्टरको एकैपटक सरुवा (सूचीसहित)
आईजीपी कार्कीद्वारा ४४ प्रहरी अधिकृत सुशोभित, जिम्मेवारीप्रति थप उत्तरदायी बन्न…
शकिरा : ‘वाका वाका’ देखि ‘दाइ-दाइ’ सम्म
प्रतिक्रिया