मध्य अफ्रिकामा बढ्दो सङ्कटबारे राष्ट्रसङ्घको चेतावनी
संयुक्त राष्ट्र सङ्घले मध्य अफ्रिकामा बढ्दो सुरक्षा तथा मानवीय सङ्कटको चेतावनी दिँदै सुडान र चाडमा सशस्त्र समूहहरूले गरेको आक्रमणले यस क्षेत्रको स्थिरताका लागि बढ्दो खतरा उत्पन्न गरिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रघिय सुरक्षा परिषद्को ब्रीफिंगमा बोल्दै, राजनीतिक र शान्ति निर्माण मामिला तथा शान्ति अपरेसन विभागहरूका लागि सहायक महासचिव मार्था अमा अक्या पोबीले यस क्षेत्रको बढ्दो चुनौति र सङ्कटलाई औंल्याउँनु भएको हो ।
उहाँले बढ्दो सुरक्षा र मानवीय सङ्कट, बढ्दो सामाजिक र आर्थिक दबाब, र नागरिक र राजनीतिक अधिकारहरूमा बढ्दो प्रतिबन्धका कारण चिन्ताजनक पृष्ठभूमि विरुद्ध केहि राजनैतिक तथा अन्य उपलब्धिहरू भएको कुरामा जोड दिनु भएको छ ।
उहाँले पूर्वी चाड र लेक चाड क्षेत्रलाई अस्थिरताको दुई प्रमुख स्थतलहरुका रूपमा पहिचान गर्दै यस क्षेत्रका धेरै देशहरूमा सुरक्षा प्रमुख चिन्ताको विषय बनेको कुरामा जोड दिनु भएको छ ।
उहाँले सुडानको युद्धले चाडमा गहिरो प्रभाव पारेको उल्लेख गर्दै अप्रिल २०२३ देखि युद्धको कारण नौ लाख भन्दा बढी सुडानीहरु शरणाथी भएको बताउनु भएको छ।
उहाँले सीमापार आक्रमण र चाडका सैन्य स्थानहरूमा भएको ड्रोन आक्रमणले द्वन्द्वलाई थप चर्को बनाउन सक्ने चेतावनी पनि दिनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई सुडानमा युद्ध अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन र यसको परिणामलाई सम्बोधन गर्न आह्वानसमेत गर्नु भएको छ ।
नवप्रवर्तन मन्त्री पुनले यसपालि पनि मन्त्रालयमै आवास बास
रास्वपा को कोसी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन सभापतिमा चार जनाबीच …
दोस्रो पटक गृहमन्त्रीमा नियुक्त भएका गुरुङले कालभैरवको दर्शन
नेपाली ब्रोलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रतिनिधिसभामा ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक, २०८३’ प्रस्तुत
काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा
रुसका सैन्य केन्द्रमा युक्रेनी हमला
प्रतिक्रिया